१५ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणबाट १ हजार ७२८ र ४ हजार ४८९ एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ७० हजार ८५७ जना संक्रमित भएका छन भने ५ लाख ९२ हजार ५३५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























