९ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार १९७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ संक्रमण देखिएको छ भने ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ७९ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ४१ हजार ५६५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























