३१ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ८६७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जनामा संक्रमण देखिएको छ भन ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार १०६ जनाको कोरोना परीक्षण गर्दा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ३२ हजार २७२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























