१४ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जनामा संक्रमण देखिएको छ भन ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार २३३ जनाको कोरोना परीक्षण गर्दा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ६१ हजार १२४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख १४ हजार ५२० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























