१८ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पीसीआर परीक्षण गर्दा ८१२ जनामा संक्रमण देखिएको छ भन ४ हजार ९८१ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ७० हजार २२४ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























