२५ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७८५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३३ जनाको पीसीआर परीक्षण गर्दा ६६३ जनामा संक्रमण देखिएको छ भन ४ हजार ९६२ जनाको एन्टिजेन परीक्षण गर्दा १२२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा ७८५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २ हजार ८६१ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३ हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ७६ हजार ८३१ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























