१७ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ४३९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४४७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जनामा संक्रमण देखिएको छ भन ३ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ९ हजार ९१३ जनाको कोरोना परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १३ हजार ८८२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९३ हजार २७१ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























