२४ जनामा ओमिक्रोन पुष्टि 

A notice in Nepali from Mechinagar Ward No. 10

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरेको सबै २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

झट्ट सुन्दा यसअघि ३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो, २४ थपिँदा २७ भयो भन्ने लाग्नसक्छ । तर स्वास्थ्य मन्त्रालयले शुक्रबार ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको प्रष्ट संकेत गरेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

मन्त्रालयको विज्ञप्तिअनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११४६ नमुना संकलन गरिएको थियो । त्यसको एसजिन स्क्रिनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमुनामा एसजिन नेगेटिभ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमुनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ ।

अर्थात एसजिन नेगेटिभ आएका बाँकी २२६ नमुनामा पनि ओमिक्रोन भेरियन्ट छ । किनकी एसजिन नेगेटिभ आउने अल्फा भेरियन्ट नेपालमा सक्रिय छैन र पछिल्लो दुई महिनामा एसजिन नेगेटिभ आएका सबै २७ वटा नमुनामै ओमिक्रोन भेटिएको छ । यसरी हेर्दा दैनिक पहिचान भएका संक्रमितमध्ये चार भागको एक भागमा ओमिक्रोन भेरियन्ट छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यसले समुदायमा ओमिक्रोन भेरियन्ट पुगिसकेको बुझाउने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘संक्रमण पुष्टि भएको चारभाग मध्ये झण्डै एक भाग संक्रमितमा ओमिक्रोनको संक्रमण देखिएको छ । यो तथ्यांकले समुदायमा संक्रमण फैलिसकेको देखाउँछ ।’

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार अब संक्रमण अझ बढ्नसक्छ । ‘अबको केही हप्तामा ओमिक्रोनका संक्रमितको संख्या बढ्दै जान्छ,’ डा. बाँस्तोला भन्छन्, ‘एक महिना भित्रमा डेल्टा भेरियन्टको ठाँउ ओमिक्रोनले लिन्छ ।’

संक्रमण रोक्ने ‘दुई अस्त्र’

ओमिक्रोन भेरियन्टको विशेषता नै नेपालमा दोस्रो लहर ल्याएको डेल्टाभन्दा पनि तीव्र गतिमा फैलिने हो । तर ओमिक्रोन फैलावटले व्यापकता पाउँदै गर्दा परीक्षण अत्यन्तै कम भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘ओमिक्रोन भेरियन्ट पुष्टि गर्नका लागि काठमाडौंमा ल्याउनुपर्ने बाध्यता छ,’ डा. अधिकारी भन्छन्, ‘आज लिएको नमुनाको एक महिनापछि रिर्पोट निस्किन्छ । नतिजा आउँदासम्म एक व्यक्तिले धेरैलाई संक्रमण सारिसकेको हुन्छ ।’

त्यसैले ओमिक्रोन फैलावट कम गर्न जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालनासँगै परीक्षण विस्तार र खोपको पहुँज बढाउनुपर्ने विज्ञहरु बताउँछन् ।

संक्रमितहरुको पहिचान गरेर आइसोलेटेड नगर्ने हो भने महामारी नियन्त्रण गर्न नसकिने डा. बाँस्तोला बताउँछन् । ‘संक्रमणको ग्राफ बढिरहेको बेला परीक्षणको दायारा बढाउनुपर्छ । संक्रमित पहिचान गरेर आइसोलेसन गर्न सकियो भने संक्रमण सार्ने सम्भावना कम हुन्छ,’ डा. बाँस्तोला भन्छन्, ‘हाम्रो रणनीति क्वारेन्टाइन तथा संक्रमित पहिचान भएका आइसोलेसन र खोपको पहुँज बढाउनुपर्छ ।’

डा. अधिकारी पनि तेस्रो लहर रोक्न समय कम भएकाले संक्रमणको स्रोत पहिचान गनुपर्ने र कन्ट्याक्ट ट्रेसिङको परेका सबैलाई परीक्षण गनुपर्ने बताउँछन् ।

भारतमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ । भारतीय नाकाबाट आउने धेरै व्यक्तिमा संक्रमण पुष्टि भइरहेकाले उनीहरुबाटै ओमिक्रोन समुदायमा पुगेको हुनसक्छ । ‘पहिलाका संक्रमणको ‘आउट ब्रेक’ पनि सीमानाका प्रवेश बिन्दुबाटै भएको थियो,’ संक्रामक रोग विशेषज्ञ डा. अधिकारी भन्छन्, ‘अब ओमिक्रोन फैलन नदिका लागि नाकामा कडाइ तथा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ ।’

यससँगै खोप अभियानलाई पनि तीव्रता दिनुपर्छ । पछिल्लो तथ्यांकले नेपालमा तेस्रो लहरको संकेत गरिसकेको भन्दै इपिडिमियोलोजिस्ट डा. विराज कर्माचार्यले भने, ‘अबको एक महिनाभित्र ओमिक्रोनको संख्या उच्च हुन्छ । त्यसैले सरकार पूर्वतयारीमा जुट्नपर्छ ।’

अन्य देशको अध्ययन अनुसन्धानले खोप नपाएका मानिसलाई बढी संक्रमण गरेको देखाएको भन्दै उनले भने, ‘अभियानको रुपमा लिएर घर–घरमा गएर खोप दिनुपर्छ । एकदुई हप्तामा सकेसम्म धेरैभन्दा धेरै नागरिकलाई खोप दिनुपर्छ ।’

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कुल जनसंख्याको ३५ दशमलव ९ पूर्ण खोप लगाएका छन् भने थप १२.६ प्रतिशत नागरिकले एक मात्रा खोप लगाएका छन् ।

खोप लगाएकाहरुमा बालबालिका पनि छन् र जनस्वास्थ्यको मापदण्ड पालना गर्न पनि उनीहरुलाई गाह्रो छ । ‘विद्यालयहरुमा जनस्वास्थ्यको मापदण्ड कायम हुन सकिरहेको छैन र सरकारले बालबालिकालाई खोप दिन पनि सकेको छैन,’ डा. कर्माचार्य भन्छन्, ‘यस्तै हो भने विद्यालयबाट आउट ब्रेक हुन्छ ।’

हेर्नुहोस् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.