माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10

२५ पुस, काठमाडौँ : कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

 

 

आइतबार बसेको सीसीएमसीसी व्यवस्थापन समितिको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि उक्त सिफारिस गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

‘स्कुलका बालबालिकाहरूले पूर्ण मात्रा खोप नलगाइसकेको अवस्था र कोरोना संक्रमण पनि फैलिन थालेकोले यसलाई रोक्न व्यवस्थापन समितिको बैठकले स्कुलहरू बिदा गराउन सरकारलाई आग्रह गरेको हो,’ प्रवक्ता नेपालले इकान्तिपुरसँग भनिन् ।

यस्तै बैठकले कोरोना संक्रमण रोकथामका लागि २५ जनाभन्दा धेरैको भेला नगर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । राजनीतिक दलहरूलाई २५ जनाभन्दा धेरैको जमघट हुने भेला, कार्यक्रम तथा महोत्सव नगर्न पनि सिफारिस गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.