२५ पौंष, मेचीनगर : पछिल्लो २४ घण्टामा २२४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ८४१ जनामा संक्रमण देखिएको छ भने ३ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार ६३२ जनाको कोरोना परीक्षण गर्दा १ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज २ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ३२ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १४ हजार २३० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























