६ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ जनामा संक्रमण देखिएको छ भने ६ हजार ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २८६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ४ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ८७ हजार ७६९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ८ हजार ११९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १८ हजार ८०९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























