नेपालमा पनि भेटियो नयाँ भेरिएन्ट ‘बीए.५’

ओमिक्रोन ‘बीए.२’ का तुलनामा संक्रमण फैलाउने दर निकै उच्च

A notice in Nepali from Mechinagar Ward No. 10

२० असार, काठमाडौँ : निकै संक्रामक मानिएको कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो ।

केही दिनयता भइरहेको कोरोना संक्रमण पुनः तीव्र विस्तारमा नयाँ भेरिएन्टको आशंका भइरहेका बेला ‘बीए.५’ देखिएको हो । छिमेकी भारतमा कोरोनाको ‘बीए.४’ र ‘बीए.५’ सब–भेरिएन्ट निकै संक्रामक देखिएको छ ।

‘नेपालमा केही दिनअघिसम्म कोरोना संक्रमणका लागि ओमिक्रोनको बीए.२ सब भेरिएन्टलाई प्रमुख कारण मानिँदै आएकोमा अब बीए.५ सब–भेरिएन्टसमेत पुष्टि भएको छ,’ धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा प्रमुख डा. राजीव श्रेष्ठले कान्तिपुरसँग भने । भाइरसको यो उपप्रजातिका असरहरूका सम्बन्धमा अझै अध्ययन भइरहेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले ओमिक्रोन भेरिएन्टको ‘बीए.२’ पुष्टि भइसकेको हुँदा कन्ट्याक्ट ट्रेसिङलगायतका विस्तृत रूपमा खोजबिन अगाडि बढाइएको बताए ।

केही दिनयता नेपालमा कोरोना संक्रमणमा तीव्र विस्तार देखिएको छ । भारतमा संक्रमण निरन्तर देखिएको वृद्घिपछि त्यसको असर नेपालमा पनि देखिएको हो । संक्रमण दर बढ्दै गएपछि नयाँ भेरिएन्ट वा सब–भेरिएन्ट भित्रिएको आशंका गरिँदै आएको थियो । संक्रमण उकालो लागेपछि सरकारी स्वास्थ्य सेवाका अधिकारीहरूले जिन सिक्वेन्सिङको परिणाम पर्खिरहेका थिए । कोभिड भाइरसको ओमिक्रोन भेरिएन्टका ‘बीए.५’ र ‘बीए.४’ सब भेरिएन्टहरू संक्रमणका कारण र खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता छल्न सक्षम रहेको दाबी गरिएको छ ।

नयाँ सब–भेरिएन्ट पाइएको पुष्टिसँगै मास्कलगायत स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्न नहुने डा. श्रेष्ठको भनाइ छ । ‘खुला ठाउँमा मास्क लगाउनु नै पर्छ हामी भन्दैनौं तर बन्द ठाउँमा मास्क लगाउनैपर्छ,’ उनले भने, ‘अबको कोभिड संक्रमणको प्रकृति हेर्दा फ्लु (मौसमी रुघाखोकी) विरुद्धको खोप जस्तै कोभिडविरुद्घको खोप बर्सेनि लगाउनुपर्ने हुन सक्छ ।’

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले पनि कोरोना संक्रमणको विस्तार नियन्त्रण रोक्न बढी सतर्कता अपाउनुपर्ने बताइन् । ‘हामीले बढी सतर्क रहनुपर्छ । हालै जिनोम सिक्वेन्सिङमा बीए.२.१२.१ पनि देखिएको थियो,’ उनले भनिन् । सन् २०२२ को फेब्रुअरी महिनामा दक्षिण अफ्रिकामा देखिएको ‘बीए.४’, र ‘बीए.५’, सब–भेरिएन्ट त्यसपछि अन्य मुलुकहरूमा समेत देखिँदै आएको उनले बताइन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कोभिड महामारी सम्बन्धित २९ जुनको सूचनाअनुसार क्षेत्रीयस्तरमा दक्षिण–पूर्व एसियामा ३२ प्रतिशतले, पूर्वी भूमध्य क्षेत्रमा ४७ प्रतिशत, युरोपमा ३३ प्रतिशतले संक्रमण बढिरहेको छ । तर अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रमा भने क्रमशः ३९ प्रतिशत र ३ प्रतिशतले कोरोना केस घटेको संगठनले जनाएको छ ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.