शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन

A notice in Nepali from Mechinagar Ward No. 10

शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन गरिएको छ । बुधबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बीच एल्बम बिमोचन गरिएको हो । आठवटा भजनहरु संग्रहित गरिएको एल्वममा डा. बिनु बाबा अर्यालको एकल शब्द, योगेन्द्र उपाध्यायको एकल संंगीत र मोहनकुमार राईको एकल स्वर रहेको छ ।

डश म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको एल्बमलाई प्रमुख अतिथि प्राध्यापक तथा बरिष्ठ गीतकार डा. कृष्णहरि बरालसहित वरिष्ठ गायिका संगीता राना प्रधान, वरिष्ठ गीतकार एसपी कोइराला, बरिष्ठ गीतकार चुडामणी देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार उपाध्याय, गीतकार अर्याल, बरिष्ठ संगीतकार किरण कंडेल, बरिष्ठ संगीतकार बिष्णु अधिकारी, चर्चित संगीतकार शंकर थापा स्माइल, डश म्युजिकका अध्यक्ष डिपी खनाललगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

एल्बममा समावेश भजनहरुमा विश्व अधिकारी, सुवास जोशी, संगीतकार उपाध्याय र सञ्जिव दर्नालको संगीत संयोजन रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले गीतकार अर्याल प्राध्यापन पेशामा रहदै बिभिन्न पुस्तकहरु समेत लेखिसकेको स्मरण गर्दै गीतकारका रुपमा पनि आफुले उत्तिकै अब्बल पाएको बताए । भक्ति भावलाई उत्कृष्ठ ढंगले शब्दहरुमा बन्न सफल भएको भन्दै उनले एल्बममा समावेश गीतहरुले भगवान प्रतिको महिमा थप बढाउने विश्वास लिए ।

यस्तै १२ वर्ष पहिले नै भक्ति संगीत प्रयोगीतामा प्रथम भएर सांगीतिक क्षेत्रमा आएका योगेन्द्रले अर्यालका शब्दहरुमा प्राण भरेको उनको भनाइ छ । उनले योगेन्द्रमा संगीतको सैद्धान्तिक र ब्यवहारिक दुबै ज्ञान भएको कारण पनि एल्बममा समावेश गीतहरु उत्कृष्ट बनेको जनाए ।

यस्तै संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले भजनहरु सुन्दा भगवान प्रतिको आस्था जागेको जनाए । एउटा श्रष्टाका लागि सबैभन्दा ठूलो उपलब्धी यही भएको भन्दै उनले योगेन्द्र संगीतकार संघका लागि गौरव रहेको जनाए ।

कार्यक्रममा बोल्दै गीतकार अर्यालले आफु पहिलेदेखि नै शिव भक्तिमा रहेको सुनाउँदै आफ्ना भजनहरु बारे प्रकाश पारेकी थइन । यस्तै संगीतकार उपाध्यायले आफुले आफ्ना कृतिहरुलाई दस्तावेजिकरण गर्न अर्यालसँगको सहकार्यमा यो एल्वम तयार पारेको जनाए ।

उनले आफुले शब्दको भावअनुसार संगीत सृजा गर्ने कोसिस गरेको बताएका छन् । हाल क्यानडामा रहेका कारण गायक राईले डिजिटल प्रबिधीको प्रयोग गर्दै आफ्नो भनाई राखेका थिए । उनले आफु प्रवासमा रहेर पनि गीतसंगीतमा निरन्तर लागेको भन्दै छिट्टै अर्को एल्वमका साथ भेट्ने बाचा गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बरालले एल्वममा समावेश गीतहरुको समिक्षा गरेका थिए भने बरिष्ठ संगीतकार सिंह, बरिष्ठ गीतकार कोइराला, डस म्युजिकका अध्यक्ष खनाललगायत बिभिन्न ब्यक्तित्वहरुले एल्बम माथी चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.