साहित्यकार तेराखको स्मृति दिवसमा विविध कार्यक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

१६ असार, धुलाबारी : साहित्यकार तेजराज खतिवडा (तेराख)को तेस्रो स्मृति दिवस साहित्यकार तेराख प्रतिष्ठानको आयोजनामा भव्यरुपमा सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार विरही अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका संरक्षक लेखनाथ खतिवडाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्राध्यापक तारा विविधले साहित्यकार तेराखका कृतिहरुको विधागतरुमा विस्तृत चर्चागर्दै उहाँले प्रस्तावना गर्नुभएको मय विधाबारे समेत जानकारी दिंदै तेराख नेपालको उत्कृष्ठ साहित्यकार, दूरदर्शी साहित्यिक नेताका रुपमा आफूले पाएको बताउनु भयो ।
उहाँका कृतिहरुबारे व्यापक चर्चा, अध्ययन, अनुसंधान गर्नुपर्ने कुरामा पनि उहाँले आवश्यक्ता औल्याउनुभयो ।
कार्यक्रमको अवसरमा झापाका सिद्धहस्त साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो भने कंचनजंघा एफ.एम.का प्रबन्ध निर्देशक चन्द्र भण्डारी, सासंक प्रतिष्ठानका सचिव शिरो सान्दाइ, लाल–भागिरथा स्मृति प्रतिष्ठानका अध्यक्ष हरिचण बाँनियाले तेराखको योगदानका विषयमा चर्चा गर्नुभएको थियो।
त्यसैगरी सासंक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले तेराखबारे चर्चा गर्दै इरौंटार शान्तिनगरको इतिहास, व्यक्ति व्यक्तित्वबारे पुस्तक लेख्नुपर्ने र त्यसको आर्थिक जिम्मेवारी आफूले लिने बचन दिनु भयो ।

कार्यक्रमकै अवसरमा प्रतिष्ठान परिसरमा अम्बाका बिरुवा समेत रोपण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.