यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै, असार पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ, काठमाण्डौं । यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो ।

मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनु भयो । ‘एसईई आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय भएको छ,’ उहाँले भन्नु भयो ।

त्यस्तै, नयाँ शैक्षिक सत्र असार महिनाबाट सुरु गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय लिएको छ । ‘आगामी शैक्षिक सत्र असार महिनाबाट सञ्चालन गर्ने पनि निर्णय भएको छ,’ मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिँदै हाँले भन्नु भयो।

असार महिनाअघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष पनि कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा तयार पारिएको थियो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले छुट्टै कार्यविधि तयार पारेको थियो । यसपालि पनि सोही कार्यविधिका आधारमा विद्यार्थीको मूल्यांकन गर्न लागिएको हो । तर बोर्डले कार्यविधिमा संशोधन हुन सक्ने जनाएको छ । विज्ञहरूले गत वर्षको कमीकमजोरी कार्यविधिमा संशोधन गर्नुपर्ने औंल्याएका थिए ।

गत वर्षको एसईई सञ्चालन कार्यविधिअनुसार विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था थियो । त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले परीक्षाफल तयारी गरी प्रकाशन तथा प्रमाणीकरणका साथै प्रमाणपत्र जारी गर्ने त्यसमा उल्लेख छ ।

यसअघि जेठ १३ गतेबाट हुने भनिएको एसईई राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित गरेको थियो । बोर्डका अनुसार ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले निकालेको थियो ।

यस्तै बोर्डले जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित गरेको थियो । कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने निर्णय भने सरकारले लिइसकेको छैन । कक्षा १२ को परीक्षा कसरी गर्ने भन्नेबारे मन्त्रालयले आन्तरिक छलफल थालेको तर निर्णयमा पुगिनसकेको शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । छिट्टै कक्षा १२ को परीक्षाबारे पनि निर्णय लिइने तयारीमा मन्त्रालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.