औषधि व्यवसायी संघले वैशाख १ देखि औषधि नल्याउने

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत्र, काठमाडौँ : नेपाल औषधि व्यवसायी संघले वैशाख एक गतेदेखि औषधि आयात रोक्ने घोषणा गरेको छ। सरकारले आफ्ना माग पूरा नगरे वैशाख १ गतेदेखि औषधि आयात रोक्ने घोषणा गरेको हो।

औषधि व्यवसायी संघले २७ फागुनमा औषधि व्यवस्था विभागलाई आफ्ना मागपत्र बुझाएको तर विभागले व्यवसायीका मागलाई बेवास्ता गरेकै कारण औषधि आयात ठप्प पार्ने निर्णय गरेको बताएको छ।

औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले व्यवसायीका मागलाई औषधि व्यवस्था विभागले बेवास्ता गर्दै आएको हुँदा औषधि आयात नगर्ने निर्णय गरेको बताए। ‘हामीले गतवर्ष १४ माघमै २५ बुँदे माग पेश गरेका थियौँ। त्यसयता सरकारका सबै निकायको ध्यानाकर्षण गरायौँ। आफ्ना मागबारे जानकारी गरायौँ तर सुनुवाई भएन अब यो महिनाभित्र पनि माग पूरा नभए वैशाख १ गतेबाट हामीले औषधि आयात ठप्प पार्ने निर्णय गरेका हौँ,’ उनले भने।

श्रेष्ठले आयातित औषधिमा कन्ट्री अफ ओरिजिनअनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा औषधि बिक्री वितरण गर्न पाउनुपर्ने मुख्य माग भएकोसमेत बताए। उनले सरकारले तोकेको मूल्य तोकेका औषधिबाहेकका औषधिमा त्यही देशको मूल्यअनुसार बेचबिखन गर्न पाउनुपर्ने माग रहेको बताए।

उनले औषधि व्यवस्था विभागले नवीकरण गर्दा २०१४ अनुसार गर्नुपरेको गुनासो गर्दै २०२२ मा आइपुग्दा पनि त्यही पुरानो नियममा नवीकरण गर्नुपरेको गुनासो गरे।

नेपालमा प्रयोग हुने करीब ५५ प्रतिशत औषधि आयात हुन्छन्। त्यसमा जीवनरक्षक, आईसीयूमा प्रयोग हुने औषधि धेरै रहनेसमेत उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.