सिद्दबाबाले सफाइ पाए

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी / आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीले अदालतबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले साेमबार गिरीलाई सफाइ दिएको हो ।

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको छ । सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै पेस गरेको पत्र अदालतमा दर्ता नै भएन, तर प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासमा उक्त मुद्धामा सिद्धबाबा पक्षका कानुन व्यवसायीले बहस गरे ।

‘सर्वाेच्चमा मुद्धा पुगेपछि मिसिल यहाँबाट महान्याधिवक्ताको कार्यालयमा पुगेको छ’ जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाले भने ‘मिसिल आएपछि बहस गर्न केही समय माग गरेका हौं तर पत्र दर्ता नभएपछि इमेल पठाइयो, प्रतिक्रिया आएन । प्रतिवादी पक्षको एकतर्फी बहस भएछ ।’ निरौलाका अनुसार सिद्धबाबाको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएको र मिसिल महान्याधिवक्ताको कार्यालयबाट फिर्ता आइनपुगेकाले केही दिन सार्नका लागि पत्र पेस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.