प्रतिनिधिसभा बैठक भोलि ४ बजेसम्मका लागि स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौँ : प्रतिनिधिसभा बैठक भोलि ४ बजेसम्मका लागि स्थगित भएको छ। यसअघि ६ बजेका लागि बैठक बोलाइए पनि सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमति नभएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

संसद सचिवालयले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले भोलि ४ बजे बैठक बोलाएको जानकारी दिएको छ।

शुक्रबार बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको थियो। माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुर राख्दा सुनमा पित्तल मिसाएको आरोप लगाएको थियो। सोही विषयलाई लिएर एमालेले संसद अवरोध गरेको थियो। माओवादी सांसद दाहाललाई आरोप पुष्टि गर्न एमालेले चुनौती दिएको छ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.