कनकाई ६ का वडाअध्यक्ष दीर्घबहादुर थापाको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

२ असार, कनकाई : झापाको कनकाई नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दीर्घबहादुर थापाको निधन भएको छ ।

विगत केही महिनादेखी शारीरिक रुपमा अस्वस्थ भएका थापाको गएराती १ः५० बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । शारीरिक रुपमा अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि हाल सुरुङ्गास्थित जेठा छोरा रुद्रवहादुर थापा र बुहारी सहित श्रीमतिको रेखदेखमा रहँदै आएका थिए । पारिवारीक स्रोतका अनुसार थापाको आज १० बजेपछि कनकाई घाटमा अन्त्यष्टी गरिने जनाइएको छ ।

थापाका जेठा छोरा रुद्रबहादुर थापा सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक साथै चम्पापुर माविका सहायक प्रधानाध्यापक समेत हुन् भने कान्छा छोरा विशाल थापा समेत शिक्षण पेशामा आवद्ध छन् । थापाका दुईजना श्रीमति, दुई छोरा, एक बुहारी र एक छोरी र नातीनातिना छन् ।

आफ्नो स्वास्थ्य भन्दा पनि वडाको विकासमा धेरै चिन्ता भएको बताउँने वडाअध्यक्ष थापा गएको स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्षका रुपमा निर्वाचित भएका हुन् । स्वतन्त्रबाट उम्मेदवार बनेका निवर्तमान वडाअध्यक्ष समेत रहेका लक्ष्मीप्रसाद ओलीलाई ६८ मतको अन्तरले हराउँदै एमालेका तर्फबाट वडाअध्यक्षका रुपमा थापा निर्वाचित भएका थिए ।

दिनप्रतिदिन कमजोर बन्दै गएको शरीर आफैंले थाम्न नसक्ने अवस्थामा पुगेको भएपनि आफ्नो वडा कार्यालय अनि वडामा रहेका सबै टोलमा हरेक दिन पुग्न पाए हुन्थ्यो भन्ने ईच्छा व्यक्त गर्दै आएका थापा जीवनको लामो समय शिक्षण पेशामा आवद्ध थिए । कनकाई ६ स्थित चम्पापुर माविबाट अवकास प्राप्त भएका थापा जनप्रतिनिधि हुनु अघिदेखी नै आफ्नो वडामा एक सफल न्यायधिस जस्तै भूमिकामा रहेर वडाबासीलाई सहयोग अनि सेवा प्रदान गर्दै आएका थिए । चम्पापुर माविको व्यवस्थापन समितिको अध्यक्ष समेत भएर विद्यालयको शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका खेलेका थापा स्थानीय स्तरका विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिकामा क्रियाशिल थिए ।

शिक्षक पेशाबाट अवकास प्राप्त बाँकी जीवन जनताको सेवामा बिताउँने अठोटका साथ अघि बढेका वडाअध्यक्ष थापाले पहिलो आर्थिक वर्षको सफल नेतृत्व प्रदान गरी अहिले दोस्रो आर्थिक वर्ष समापनको घडीमा अघि बढ्दैथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.