विप्लवले गरे १८ वर्षपछि रोल्पाबाट मतदान

A notice in Nepali from Mechinagar Ward No. 10

२१ फागुन, रोल्पा : विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।

यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।

विप्लवले परिवर्तन गाउँपालिका-३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।

उनले रोल्पाबाटै चुनाव लड्न चाहेका पनि थिए । पार्टीले नेतृत्व अहिलेले चुनावमा भाग नलिने नीति लिएपछि उनि चुनावमा उम्मेदवार नबनेको बताएका छन् ।

आफूले १८ वर्षपछि पहिलोपटक मतदान गरेको समेत बताएका छन् । रोल्पा क्षेत्र-१ बाट उनको पार्टीबाट पोलिटब्युरो सदस्य चुडामणि वली चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.