बालबालिकालाई तयारी प्याकेटको खाजा नखुवाउन विद्यालयलाई निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

२३ मंसिर, काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले विद्यालयहरुलाई तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन निर्देशन दिएको छ ।

केन्द्रले सबै स्थानीय तहहरुलाई निर्देशन दिँदै केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने गरेको भन्ने जानकारी आएकाले त्यस्तो तयारी खाजा नखुवाउन निर्देशन दिएको हो ।

केन्द्रले सूचना जारी गर्दै सरकारको नीति विपरीत र बालबालिकाको स्वास्थ्य संवेदनशीलतामा असर पर्ने र स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजाको लक्ष्य भएको उक्त क्षेत्रमा निरुत्साहन हुने कार्य नगराउन निर्देशन दिएको छ ।

यसका साथै स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुहरुको उपायोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।

सकारले आर्थिक वर्ष २०७७/०७८ देखि देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरुको लागि दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.