यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

A notice in Nepali from Mechinagar Ward No. 10

३० जेठ, काठमाण्डौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।

यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सम्भवत उक्त बैठकले यो प्रस्ताव अनुमोदन गर्नेछ।

कांग्रेसले कोरोना महामारीले क्रियाशील सदस्ता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ।

तर कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता छ। नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले डेढ वर्ष कार्यकाल थपेका थिए जुन भदौमा सकिँदैछ।

कांग्रेसले कोरोना महामारीबीच नै महाधिवेशन गर्ने तयारी गरेको छ। असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ।

यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउने समय असार २४ का लागि प्रस्ताव गरिएका छन्।

कांग्रेसले असार पहिलो साता वडा अधिवेशन गर्ने भनेको थियो। तर क्रियाशील वितरण नै नसकिएकोले करिब एक महिना अधिवेशन धकलिएको छ। असारमा हुने भनिएको वडा अधिवेशन अब साउन ६ देखि हुनेछन्।

 

यस्तो छ अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका:

गाउँ/नगर वडा अधिवेशन: २०७८ साउन ६ गते

गाउँ/नगरपालिका अधिवेशन: साउन ११ गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन: साउन १६ गते

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २० गते

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: साउन २४ गते

प्रदेश अधिवेशन: भदौ १ र २ गते

केन्द्रीय महाधिवशेन: भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.