‘सबल राष्ट्रिय शक्ति निर्माण गरी देशलाई निकास दिन्छौं’

A notice in Nepali from Mechinagar Ward No. 10

१९ चैत्र, काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको निकासका लागि आफूहरु सबल राष्ट्रिय शक्ति निर्माणको प्रयासमा रहेको बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको काठमाडौंमा आइतबार आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको समुद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “आज हामीले यी प्रयास किन गर्न खोजिरहेका छौं, समृद्ध नेपाल, सुखी नेपाली बनाउन, एउटा सबल राष्ट्रिय शत्तिm निर्माण गर्न खोजिरहेका छौं । देशको सार्वभौमसत्ता, हाम्रो स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न, लोकतन्त्रका लागि लडेर ल्याएको अधिकार सुरक्षित गर्न, अवसर सिर्जना गर्न बलियो राष्ट्रिय शक्तिको आवश्यता छ ।”

समाजमा राम्रो संस्कृति कायम राख्दै नराम्रो संस्कृतिलाई मान्न नहुने बताउनुभयो । “समयअनुसार हामीले आफूलाई परिमार्जित गर्दै जानुपर्छ उहाँले भन्नुभयो, “हाम्रो संस्कृतिलाई परिमार्जित ढङ्गले, सभ्य ढङ्गले, संस्कृति छोड्नुहुँदैन तर परिमार्जित हुनुपर्छ । बोक्सी परम्परा हो भनेर छुवाछुत कायम राख्नु, परम्पराको नाममा बेठीक् कुरा जानिराख्नु हुँदैन” उहाँले भन्नुभयो ।

कर्णली र सुदूरपश्चिम प्रदेशबाहेक देशभर एमाले बलियो शत्तिmको रुपमा रहेको अध्यक्ष ओलीले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “देशलाई एकजुट बनाउन, जनताप्रति भेदभाव नगर्ने, आपसी प्रतिस्पर्धा वा घृणा फैलाउने होइन अनेकताबीचको एकतामाथि अगाडि बढाउनुपर्छ । हामी एक गन्तव्य, एक उद्देश्य, एउटै ताल र सुरमा अगाडि बढ्नुपर्छ, यसका लागि एमाले एक्लै मजाको बहुमत ल्याउन सक्छ ।”

एमालेलाई बलियो बनाउन अहिले दुई महिने ग्रासरुट अभियान सञ्चालन गरिएको भन्नुहुँदै अध्यक्ष ओलीले गठजोडले देशको समस्या समाधान नहुने भन्नुहुँदै एमालेलाई बलियो शक्ति बनाएर देशको समस्या समाधान गरिने बताउनुभयो । देश बनाउने स्पष्ट योजना एमालेसँग मात्र रहेको भन्नुहुँदै उहाँले दलहरुबीचको गठजोडको सरकारले समस्या समाधान नहुने चर्चा गर्नुभयो । महासंघका अध्यक्ष गोकुल घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका अन्य नेताहरुको समेत सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.