३० फागुन, काठमाडौँ : म संस्कृति पार्टीले समानुपातिक तर्फका सांसदहरूको नाम टुंगो लगाएको छ। पार्टीले समानुपातिक प्रणालीअन्तर्गत ४ जना सांसदको नाम सिफारिस गरेको जनाएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सिट पाउने गरी मत प्राप्त गरेको थियो। सोही आधारमा पार्टीले विभिन्न समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व हुने गरी उम्मेदवारहरूको चयन गरेको हो।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस–आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजाति पुरुषतर्फबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टीका अनुसार संविधानले व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न समुदायको सहभागिता सुनिश्चित गर्दै उक्त नामहरू टुंग्याइएको हो।
























