निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै, आचारसंहिता लागू गर्ने तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

२५ चैत, काठमाडौँ : निर्वाचन आयोग आसन्न स्थानीय तह निर्वाचनका लागि बनाइएको आचारसंहिता लागू गर्ने तयारीमा जुटेको छ।  आज आयुक्तहरुको बैठक बसेर आचारसंहिता लागू गर्नेबारे निर्णय गर्न लागेको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता जारी गरेको थियो। राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, संवैधानिक निकाय, राजनीतिक दल, गैरसरकारी तथा निजी संस्थालगायत विभिन्न क्षेत्रलाई लागू हुनेछ।

गत मंगलबार आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका सबै दलका प्रतिनिधि बोलाएर आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता लिएको थियो। दलहरूको प्रतिबद्धता प्राप्त भएसँगै आज आयोगका पदाधिकारीको बैठक बस्न लागेको हो। यसअघि हिजो नेकपा एमालेले आचारसंहितामा आफ्नो असहमति राख्दै आयोगमा ध्यानाकर्षण पत्र बुझाएको थियो। आज पदाधिकारी बैठकमा एमालेले उठाएका समस्याको समाधानको उपाय खोज्ने र त्यसको निवारण गर्ने तयारी गरेको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

एमालेले बहालवाला जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने, प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोग गर्न नपाइने, कुनै पनि दल वा उम्मेदवारको विरोधमा सामग्रीहरु प्रकाशन गर्न नपाइनेलगायत विभिन्न बुँदामा असहमति जनाएको छ।

आज बस्ने पदाधिकारी बैठकमा आचारसंहिताबारे थप छलफल गर्ने तयारी पनि रहेको प्रमुख आयुक्त थपलियाले बताए। दलहरूको आपत्ति रहेको सम्बन्धमा थप छलफल गरी आजै पत्रकार सम्मेलन मार्फत् प्रष्टिकरण दिने तयारीसमेत आयोगले गरेको छ। प्रमुख आयुक्त थपलियासहितको पत्रकार सम्मेलन अपराह्न ५ बजे हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.