जसपा विवादमा निर्वाचन आयोगको निर्णयः दुवै पक्षको कारवाही अमान्य, पदाधिकारी यथावत

A notice in Nepali from Mechinagar Ward No. 10

३० जेठ, काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुई अध्यक्षले गरेको एक-अर्कालाई गरेको कारवाहीलाई मान्यता नदिइ पुरानै पदाधिकारी कायम रहने निर्णय दिएको छ । पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए ।

दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालले चार पाने निर्णयमा हस्ताक्षर गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जानकारी आयोगलाई गरेको थियो । महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादव पक्षलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जानकारी आयोगलाई गराएको थियो ।

हेर्नुहोस् निर्वाचन आयोगको निर्णय :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.