निर्वाचनपछि देश समृद्धिको मार्गमा अघि बढ्ने विश्वास : प्रचण्ड

A notice in Nepali from Mechinagar Ward No. 10

चितवन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदानकेन्द्र (क)बाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले छनोट गर्नेमा आफू विश्वस्त रहेको बताए।

पूर्वप्रधानमन्त्री दाहालले वर्तमान निर्वाचनलाई देशको भविष्य र विकासको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरे। उनले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन र समृद्धिको यात्रा अघि बढाउन मतदाताको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनले भने, “देशलाई समृद्धिको मार्गमा अघि बढाउने आधार तय गर्ने महत्वपूर्ण अवसरका रूपमा यो निर्वाचन रहेको छ। त्यसैले सबै मतदाताले उत्साह र जिम्मेवारीका साथ मतदान प्रक्रियामा सहभागी हुनुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.