घोषणा पत्र अनुमोदन, चुनाव सार्न खोजे प्रतिवाद गर्ने एमालेको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, काठमाडौँ : नेकपा एमालेको सरकारले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको बताएको छ ।

केपी शर्मा ओलीको निवास, बालकोटमा सोमबार साँझ बसेको सचिवालयको बसेको बैठकले त्यसको कडा प्रतिवाद गर्ने र सरकारको षड्यन्त्रलाई निस्तेज पारेर जाने बताएको छ । उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले चुनावबारे अलमलमा नपर्न र तयारीमा जुट्न समेत पार्टी कमिटीहरुलाई भनेको छ ।

बैठकले घोषणा पत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको छ । ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिने उनले बताए ।

बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ ।

१२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ । साथै पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.