कक्षा १२ को परीक्षाको स्थगनको निर्णय चाडैं आउँदैछ: काङ्ग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

२३ साउन,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षा १२ को परीक्षा स्थगन हुने दाबी गर्दै निर्णय प्रक्रियामा रहेको बताएका छन् । आगामी साउन ३१ गतेदेखि शुरू हुने परीक्षा कोरोना भाइरसकोको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै स्थगित गर्न लागिएको उनको भनाइ छ ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै लेखेका छन्, ‘स्थगनको निर्णय आउँदैछ । आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ । सरकारका लागि विद्यार्थीको जीवनरक्षाभन्दा ठूलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन ।’।

त्यसो त स्वास्थ्य मन्त्रालयले सबै प्रकारका परीक्षा स्थगित गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई सिफारिस गरेको जनाएको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज शनिबार बोलाइएको छ ।

कोरोना महामारीका कारण यसअघि रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी गरिरहेको अवस्थामा पुनः कोरोना जोखिमकै कारण परीक्षा स्थगित गर्नुपर्ने अवस्था सृजना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.