सरकार र थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ, काठमाण्डौं / आफ्ना विभिन्न माग राख्दै संघर्षरत थारुहट/थारुवान संयुक्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको छ।

सहमतिमा थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित इन्जिनियर धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलयागतमाथि लगाइएको सबै मुद्दा फिर्ता रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने, थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन गर्ने र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने, महिला असहायमाथि दूर्व्यवहार गर्नेलाई छानबिन गरी कानूनी दायरामा ल्याउने सहमति भएको छ।

सहमतिमा संविधान बमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने उल्लेख छ।

सहमतिमा नेपाल सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख समेत रहेका कानुन न्याय संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराई, भगवती चौधरी र थारु कल्याणकारी सभा, थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरीलगायत छन् ।

हेर्नुहोस् सहमति पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.