सरकारलाई अञ्चारमाध्यमको खबरदारी पुगेन : ओली

A notice in Nepali from Mechinagar Ward No. 10

१२ असोज, काठमाडौं : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन्।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको बताए। ‘अहिलेको सरकारलाई खबरदारी पुगेको छैन। कानुन र नियम मिचेको छ। तर, किन चप लागेर बस्नु भएको छ ?’ ओलीले प्रश्न गरे।

संविधान च्यातियो र मिचियो भनेर अगाडि हल्ला चलाइयो भन्दै ओलीले अग्रगामी सरकार बनाउनको लागि असंवैधानिक कदम चालेको कुरा मिडियाले नदेखेको बताए।

सांसदहरूको कारबाही रोकेर नयाँ पार्टीसमेत गठन भएको भन्दै ओलीले संसद् बन्द गरेर षड्यन्त्रमुलक ढंगले  अध्यादेश ल्याएको बताए। ‘निष्कासित मान्छे निष्कासित हुदैन। निर्वाचन आयोग पहिलै नियमावली तयार गरेर बसेको छ। सरकारले एमाले विभाजन गर्नको लागि अध्यादेश ल्याएर अव्यवहारिक कदम चालेको छ।

संविधान अनुसार नै ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले अर्को पार्टी खोल्न मिल्ने गरि अध्यादेश ल्याएको थियो। तर, त्यसको विराेध गर्नेहरूले अहिले अर्को पार्टी फुटाउने मनसायले अध्यादेश जारी हुँदा केही बोलेनन्।’

संसद बैठक चलिरहेको बेलामा अध्यादेश खारेज गरेको सुचना जारी गरेको भन्दै ओलीले कानुन निर्माण र फिर्ताको लागि संसद नै चाहिने बताए। ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिए। सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.