ओलीको आश्वासन: निर्मला पन्त र भागरथीका हत्यारालाई पानी मुनि गए नि छोडिन्न

A notice in Nepali from Mechinagar Ward No. 10

महेन्द्रनगर: प्रधामन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार वुटवलमा आयोजित नेकपा ओली समूहको आमसभामा प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै कुनामा गएर बसे पनि हत्यारालाई कारवाही गरिछाड्ने आश्वासन दिए ।

“सरकारको बदनाम गर्न केही अपराधीहरु क्रियाशील भएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्मला हत्याकाण्ड र भागरथी हत्याकाण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिनेछैन ।’

उनले अघि थपेका छन्, ‘एक दुई दिन लुकेर बस्लान् एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । पूराका पूरा सजाय गराएर छाड्नेछौँ ।’

केही समयभित्रै बैतडीकी भागरथी र निर्मला पन्तका हत्यारा कठघरामा ल्याएर कारवाहीको दायरामा ल्याउने उनले दाबी गरे । “पहिले इँटाभट्टमा मान्छे जलाएर मिलेमतोमा मन्त्री बनाएका अपराधीलाई हामीले झेलमा हालेका छौँ’, ओलीले भने, ‘१२ वर्ष अगाडीका अपराधीलाई जेलमा हालेका छौँ । अहिलेका अपराधीलाई पनि छोडिने छैन ।’

त्यस्तै ओलीले सरकारी जग्गा हडप्नेहरुलाई समेत सरकारले कानुनी कठघरामा ल्याइछाड्ने दाबी गरे । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत अपराधी पत्ता लागेको छैन।

यसैबीच बैतडीको दोगडाकेदारकी भागरथी भट्टको समेत बलात्कारपछि हत्या भएको १० दिन बितिसक्दा समेत दोषीमाथि कारवाही हुन सकिरहेको छैन । दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले १० दिनदेखि अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छ ।

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सभा हेर्न बुटवल आउन आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट दुई समूहमा विभाजितत भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ ।

दुवै समूहले आफ्नो पक्षमा कार्यकर्ता रहेको देखाउन सभा र सम्मेलन गर्दैआएका छन् । सोही क्रममा शनिबार बुटवमाल आयोजित सभालाई अ‍ोलीले सम्बोधन गरेका हुन् ।

माघ २८ गते काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभामा बोल्दै प्रचण्डले ओलीलाई सभा भनेको यस्तो हुन्छ भनेका थिए । त्यसको जवाफ दिँदै ओलीले शनिबार सभा हेर्न बुटवल आउन प्रचण्डलाई भनेका हुन् ।

‘तीन अगाडि मात्र देशभरका मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि, सभा हेर्न यहाँ आऊ केपी ओली भनेर केही मान्छेले भनेका थिए’, प्रचण्डतर्फ लक्षित गर्दै उनको नाम नलिइ ओलीले भने, ‘आज देशभरको होइन । लुम्बिनी प्रदेशको बुलटवलमा आयोजित सभालाई हेर्न आउन उहाँहरुलाई आग्रह गर्छु । आउनुहोस् जनसहभागिता कस्तो हुन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.