विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

८ असोज, काठमाडौँ: एमालेको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन्।

बैठकमा सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ। अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्नेछ। हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या छन्। त्यसमा छलफल गर्नुपर्छ।’

आगामी मङ्सिरमा हुने पार्टीको दसौं राष्ट्रिय महाधिवेशन र त्यसपछि हुने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा पार्टीका केन्द्रीय निकायमा प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.