पाथीभरा केबलकार विवाद : प्रहरी र प्रदर्शनकारीबीच झडप, १३ जना घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलन तनावपूर्ण बनेको छ। बिहीबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा १३ जना घाइते भएका छन्।

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूमा ११ जना प्रहरी, एक जना आन्दोलनकारी, र एक जना सर्वसाधारण रहेका छन्।

‘नो केबलकार’ अभियानका प्रदर्शनकारीहरूले पूर्वघोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा पदयात्रा गर्दै केबलकार निर्माणविरुद्ध प्रदर्शन गरेका थिए। उनीहरू केबलकार निर्माणस्थलतर्फ जान खोजेपछि प्रहरीसँग झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ। प्रहरीले प्रदर्शनकारीहरू अनियन्त्रित हुन थालेपछि अश्रुग्यास प्रयोग गर्नुपरेको जनाएको छ।

पदयात्रा अघि पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभामा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले केबलकार निर्माण रोक्नुपर्ने बताएका थिए।

यस विरोध प्रदर्शनमा जसपा नेपालका नेता रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किराँतीलगायतको पनि सहभागिता रहेको थियो। ‘नो केबलकार’ पक्षले मंगलबारदेखि बिहीबारसम्म पाथीभरा क्षेत्रमा पदयात्रा गरी विरोध प्रदर्शन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.