१९ साउन, काठमाडौं : निर्वाचन आयोगले समय भित्रै लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले लगातार तीन बर्ष सम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई यही साउन २० गते देखि लागु हुने गरि दर्ता खारेज गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त कुराको जानकारी गराएको हो । साथै खारेज भएका राजनीतिक दलहरुको नाम झण्डा, चिन्ह, दर्ता खारेज भएको मितिले एक बर्ष सम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको समेत आयोगले बताएको छ ।
हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति
























