राष्ट्रपति महिला उत्थान कार्यक्रम : अहिलेसम्म ६ सय ७८ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डाै : सरकारले अहिलेसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका छ सय ७८ जना गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत छ सय ७८ जना गर्भवती तथा सुत्केरीको निःशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि यो कार्यक्रम लागू भएको थियो ।

चालु आर्थिक वर्षमा अहिलेसम्म एक सय २६ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार भइसकेको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख नीता शर्माले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसलाई आधार मानेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जानकारीमा यो इकाइले तत्काल नेपाली सेनाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरी उपचार हुने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.