अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात थुनामा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश गरेको छ ।

मुद्दा पुर्पक्षका क्रममा थुनामा राख्न विशेषले आइतबार आदेश गरेको हो । आदेश अनुसार बस्न्यातलाई डिल्लीबजार कारागार चलान गरिएको छ । विशेषको थुनछेक आदेश उपर चित्त नबुझे बस्न्यातले सर्वोच्चमा निवेदन दिन पाउनु हुनेछ ।

फरार बनाइ विपक्षी बनाइएका बस्न्यात उपस्थित हुने निवेदन लिएर आइतबार अदालत पुग्नुभएको थियो । अदालतमा आइतबार नै थुनछेक बयान पनि भएको थियो । सरकारी जग्गा व्यक्तिको नाममा दर्तामा भूमिका खेलेको अभियोगमा बस्न्यातविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । विशेषका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाएको हो ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बस्न्यातलाई थुनामा पठाउने आदेश भएको जानकारी दिनुभयो । तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाइ मुद्दाको बाँकी प्रक्रियामा सहभागी गराउन अदालतको आदेश भएको पाण्डेले बताउनुभयो ।

अदालतमा उपस्थित हुनुभएका बस्न्यातले आफूमाथिको अभियोग स्वीकार समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.