अन्तर मा.वि. फूटबलको उपाधि इष्ट होराइजनलाई

A notice in Nepali from Mechinagar Ward No. 10

५ पौंष, मेचीनगर : काँरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित दोस्रो मेचीनगर स्तरीय अन्तर मा.वि. फूटबलको उपाधि इष्ट होराइजन मा.वि. धुलाबारीले जितेको छ । आज भएको फाइनल खेलमा गांगा मेमोरियल नकलबन्दा र इष्ट होराइजन धुलाबारी बीच निधारित समयमा  १/१ गाेलकाे बराबरी भएपछि इष्ट होराइजन मा.वि.ले गंगा मेमोरियल मा.वि. नकलबन्दालाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले हराउदै उपाधि रक्षा गरेको हो । विजेता टिमले नगद रु.२० हजार, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता टिम गंगा मेमोरियलले नगद रु.१० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता टिमलाई प्रदान गरिएको दोस्रो पुरस्कार युवा समाजसेवी सजित तामाङ्गले सौजन्य गर्नु भएको थियो । प्रतियोगिताको म्यान अफ दि म्याचको पुरस्कार सागर धिमाललाई प्रदान गरिएको छ । उनले नगद रु.१ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उदयीमान खेलाडीको पुरस्कार काँकरभिट्टा मा.वि.का प्रनिश राईलाई प्रदान गरिएको छ । उनले नगद रु.१ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतिया्ेगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार काँकरभिट्टा मा.वि.का जीवन चौधरीलाई प्रदान गरिएको छ । उनलाई नगद रु.२ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलडाीको पुरस्कार निष्पक्ष बराललाई प्रदान गरिएको छ । उनले नगद रु.३ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजेताहरुलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रमुख अतिथि प्रदेश नम्बर १ क का प्रदेश सभा सदस्य गोपाल तामाङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्ग, वडा नन्बर ४ का पूर्व अध्यक्ष नविन बराल, काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ्ग, युवा समाजसेवी सजित तामाङ्गले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा विशिष्ट अतिथि काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ्ग, विशिष्ट अतिथि झापा जिल्ला फूटबल संघका महासचिव शेरबहादुर वस्नेत, काँकरभिट्टा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङ्ग, युवा समाजसेवी डम्बर खवास, फूटबल प्रशिक्षक दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।
काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरको अध्यक्ष मिनबहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका महासचिव लाक्पा तामाङ्गले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.