अरुणोदयको खेलाडीप्रतिको सम्मान

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल खेलाडीलाई सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २४ पुस ।आइतबार दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल प्रदेश नम्बर १ का खेलाडीसहित प्रशिक्षकलाई शुक्रबार आफ्नै गृह नगर झापाको मेचीनगरमा नगदसहित सम्मान गरिएको छ ।

स्थानीय अरुणोदय माध्यमिक विद्यालयले विद्यालय परिसरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रतियोगिता खेल्ने कप्तान रुविना क्षेत्री, काजल श्रेष्ठ, संगीता राई, सवनम राई, रोमा थापा, अप्सरी वेगम, निमा तामाङ, स्मृति कटुवाल, एलिसा खडिया, लखिता राजवंशी,निशा शाह, ज्योति दनुवार र प्रशिक्षक वीरु श्रेष्ठलाई नगदसहित फुलमाला अविर खदा पहिर्याएर सम्मान पत्र प्रदान गरिएको हो । प्रशिक्षक श्रेष्ठसहित अधिकाँश खेलाडी मेचीनगर ६ काँकरभिट्टाका स्थायी वासीन्दा हुन् ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईको सभापतित्वमा भएको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलालगायतले नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले खेलकुदको माध्यमबाट प्रदेशकै नाम उच्च राख्न सफल भएकोमा खेलाडी र प्रशिक्षकलाई धन्यवाद दिएका थिए भने सरकारले यस्ता खेलाडीको मनोवल उच्च राख्ने काम गर्न सुझाव दिएका थिए । खेलाडी राष्ट्रकै गहना भएकाले ती गहनाको उचित व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिए । खेलाडीहरुलाई आगामी दिनमा साथ उच्च मनोवलका साथ आफ्नो आफूभित्रको क्षमता प्रदर्शन गर्न आग्रह गरियो । खेलमा हार जीत हुने भएकाले खेल खेल्न जानु अघि आत्मवल दह्रो बनाउन र आफ्नो कौशल देखाउन आत्मविश्वास बलियो बनाउन उहाँहरुले सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले बोल्नुभएको थियो । प्रशिक्षक वीरु श्रेष्ठ, खेलाडीहरु काजल श्रेष्ठ र स्मृति कटुवालले आ आफ्नो अनुभव सुनाउनुभयो ।

 

विद्यालयका प्रधानध्यापक दुर्गाबहादुर लुईटेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने मेरो मेचीनगर डटकम अनलाइनका प्रधान सम्पादक तथा शिक्षक सिएन गौतमले सञ्चालन तथा विद्यलायका खेल संयोजक राजकुमार विश्वकर्माले स्वागत मन्तव्य राख्नुभयो ।

 

 

यसैगरी मेचीनगर–८ स्थित आदर्श मावि आयावारीले सोही विद्यालयमा अध्यायनरत विजेता टिम प्रदेश नम्बर १ की महिला क्रिकेट खेलाडी एलिसा खडिया र लखिता राजवंशीलाई जनही पाँच हजार नगदसहित खदा ओढाएर सम्मान गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोख्रेल, प्रधानाध्यापक  कृष्ण पुरी, सहायक प्रधानाध्यापक देवराज गिरी, खेल प्रशिक्षक बिरु श्रेष्ठ, कृष्ण प्राविका शिक्षक तथा सम्मानित खेलाडी एलिसा खडियाकी मामा दशरथ खडिया शिक्षक हेमेन्द्र निरौलालगायले सम्मानित खेलाडीलाई खदा र अबिर लगाएर सम्मान गरेका थिए ।

प्रदेश १ ले साविकको विजेता समेत रहेको एपीएफलाई ६ रनले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएको थियो । पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन् ।
बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन्।
१ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्रै जोड्न सक्यो। उसका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले २६ र ज्योति पाण्डेले १४ बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
प्रदेश १ की कप्तान रुविना क्षेत्री र एलिसा खडियाले दुई /दुई विकेट लिए भने संगीता राईले एक विकेट लिइन् । खेलमा म्यान अफ द म्याच बनेकी प्रदेश १ की खेलाडी रुबिना क्षेत्रीले २५ हजार , प्लेयर अफ द टुर्नामेन्ट बनेकी संगीता राईले २१ हजार र एपीएफकी करुणा भण्डारीले उत्कृस्ट बलिङ गरे वापत रु १० हजार प्राप्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.