१६ भाद्र, काँकरभिट्टा : काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित अन्तर विद्यालय यू–१६ फूटबलको उपाधि अरुणोदय आवासीय माध्यमिक विद्यालयले जितेको छ । आज भएको फाइनल खेलमा अरुणोदय आवासीय मा.विले काँकरभिट्टा मा.वि.लाई ५–१ गोलले हराएको थियो ।




अन्तर विद्यालय यू–१३ फूटबलको उपाधि एमिटीलाई
काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित अन्तर विद्यालय यू–१३ फूटबलको उपाधि एमिटी पब्लिक स्कुलले जितेको छ । आज भएको फाइनल खेलमा एमिटी पब्लिक स्कुलले पशुपति मा.वि.लाई १–० गोलले हराएको थियो ।
फाइनल खेलको उत्कृष्ट खेलाडी एमिटीका क्रिस बानिया घोषित भए । उत्कृष्ट मिड फिल्डरको उपाधि अरुणोदयका अभिमन्यू भूजेलले जिते, राइजिङ्ग प्लेयरको उपाधि एमिटीका आस्रय भट्टराईले प्राप्त गरे, उत्कृष्ट डिफेण्डरको उपाधि पशुपतिका अन्स गुप्ता घोषित भए । त्यस्तै उत्कृष्ट गोल रक्षकको उपाधि पशुपतिका मौसम धिमालले जित्न सफल भए । खेलअवधिको सर्वोत्कृष्ट खेलाडी एमिटीका युगल भण्डारी घोषित भए । उत्कृष्ट प्रशिक्षक को उपाधि एमिटीका मुन्ना सुब्बाले हात पार्न सफल भए ।
विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथि वडाअध्यक्ष ललितबहादुर तामाङ्ग, अतिथिहरु प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, वडा नम्बर ६ का जनप्रतिनिधि भविन्द्रराज सुब्बा, ध्रुबकुमार राई, सीमा रसाइली, काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका सल्लाहकार गंगालाल गुरुङ्ग, झापा जिल्ला फूटबल संघका महासचिव शेरबहादुर बस्नेत, लायन्स क्लब अफ काँकरभिट्टाका सचिव सजित तामाङ्ग, डम्बर खवास, एन्फा प्रशिक्षक दिपक कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहको अध्यक्षता काँकरभिट्टा ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले गर्नुभएको थियो भने सञ्चालन सचिव लाक्पा तामाङ्गले गर्नु भएको थियो ।



















































