८ भाद्र, मेचीनगर : मिलन क्रिकेट क्लबको आयोजनामा झापाको मेचीनगर स्थित तुर्केनी खेल मैदानाम भएको प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रिकेट लिग प्रतियोगिताको उपाधि अरुणोदय आवासीय माध्यमिक विद्यालयले जितेको छ । टस जितेर ब्याटिङ्ग रोजेको एमिटी पब्लिक स्कुलले २० ओभरमा ३५ रन बनाउन सफल भएको थियो । एमिटी पब्लिक स्कुलका लागि ग्रेसी सुवेदीले १४ बलमा सर्वाधिक ११ रन जोड्न सफल भएकी थिइन्।

विजेता टिम अरुणोदय आवासीय मा.वि.ले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । उपविजेता टिम एमिटी पब्लिक स्कुलले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
विजेताहरुलाई पुस्कार तथा प्रमाण पत्र काँकरभिट्टा बहुमुखी क्याम्पसका व्यावस्थापन संकाय प्रमुख दुर्गाबहादुर लुइटेल, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष सुजन प्रधान, एमिटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराईले वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा नेपाली महिला टिमका राष्ट्रिय खेलाडीहरु काजल श्रेष्ठ, शवनम राई, अप्सरी बेगमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन स्मृति कटुवालले गरेकी थिइन् ।




























