अन्तर मा.वि. फूटबलको पहिलो दिन काँकरभिट्टा मा.वि. र इष्ट होराइजन मा.वि. विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

२६ मंसिर, काँकरभिट्टा : काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा आयोजित दोस्रो मेचीनगर स्तरीय अन्तर माध्यमिक विद्यालय अण्डर–१६ फूटबलको उद्घाटन खेलमा काँकरभिट्टा मा.वि २–१ गोल अन्तरले विजयी भएको छ । काँकरभिट्टा मा.विले थेसिस इङ्गिलस बोर्डिङ्ग स्कुल मेचीनगर ३ लाई पराजित गरेको हो । खेलको म्यान अफ दि म्याच समेत रहेका काँकरभिट्टा मा.विका जर्सी नम्बर १३ का खेलाडी जीवन चौधरीले खेलको १० औं र २५ औं मिनेटमा २ गोल गर्न सफल भएका थिए । त्यसै गरी थेसिस इङ्गिलस बोर्डिङ्ग स्कुलका जर्सी नम्बर ५ का खेलडी अर्भान सुनवारले खेलको ५० औं मिनेटमा सान्तवना गोल फर्काउन सफल भएका थिए ।

त्यस्तै आजै भएको दास्रो खेलमा इष्ट होराइजन मा.वि धुलाबारीले नर्थ पोइन्ट बोर्डिङ्ग स्कुल काँकरभिट्टालाई १–० गोल अन्तरले पराजित गर्न सफल भएको छ । इष्ट होराइजनका लागि जर्सी नम्बर ११ का खेलडी सोहान लिम्बूले खेलको १८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जिताउन भूमिका खेलेका थिए । उनले खेलको म्यान अफ दि म्याचको ट्रफी समेत हात पार्न सफल भए ।

यही पौष ५ गते सम्म सञ्चालन हुने खेलमा मेचीनगरका १२ वटा टिमले सहभागिता जनाएका छन् । विजेता टिमले नगद रु. २० हजार र उपविजेत टिमले नगद रु. १० हजार – प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद रु.३ हजार, सर्वाधिक गोलकर्ता खेलाडीले रु.२ हजार ५ सय, उत्कृष्ट गोल रक्षक खेलाडीले नगद रु. २ हजार, उदयीमान खेलाडीले नगद रु. १ हजार ५ सय र फाइनल खेलको म्यान अफ दि म्याचले नगद रु. १ हजार  प्राप्त गर्ने काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिनबहादुर वस्नेतले मेरो मेचीनगरलाई बताउनु भयो ।

मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तमाङ्गको प्रमुख आथित्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि भेट्रान फूटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ्ग, नेपाली काँग्रेसका नेता विशाल तामाङ्ग, एन्फा कोच दिपक कार्की, झापा जिल्ला फूटबल संघका महासचिव शेरबहादुर वस्नेत, तुर्केनी स्पोर्ट क्लबका सल्लाहकार संयोजक राजु गुरुङ्ग, मजदुर संघका कोषाध्यक्ष अनिल गुप्ता लगायतको अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिनबहादुर वस्नेतले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव लाक्पा तामाङ्गले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.