अन्तर क्याम्पस क्रिकेटको उपाधि मेची बहुमुखी क्याम्पसलाई : काँकरभिट्टा बहुमुखी क्याम्पस उपविजेता

A notice in Nepali from Mechinagar Ward No. 10

८ भाद्र, मेचीनगर : मिलन क्रिकेट क्लबको आयोजनामा झापाको मेचीनगर स्थित तुर्केनी खेल मैदानाम भएको नवौं जिल्ला स्तरीय अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताको उपाधि मेची बहुमुखी क्याम्पसले जितेको छ । टस जितेर ब्याटिङ्ग रोजेको मेची बहुमुखी क्याम्पसले २० ओभरमा १५३ रन बनाउन सफल भएको थियो । मेची बहुमुखी क्याम्पसका लागि सन्देश दुलालले ४८ बलको पारी खेल्दै अध्याधिक ५२ रन जोड्न सफल भए भने अर्का खेलाडी सरोज पाण्डेले २० बलमा १६ रन जोड्न सफल भए ।
१५४ रनको टार्गेट लिएर व्याटिङ्गमा उत्रेको काँकरभिट्टा बहुमुखी क्याम्पसले ७५ रन मात्र जोड्दै दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो । काँकरभिट्टा बहुमुखी क्याम्पसका खेलाडी विकास डाँगीले १७ बलाम सर्वाधिक २६ रन बनाउन सफल भए । खेलको प्लेयर अफ दि म्याच विजेता टिमका सन्देश दुलाल घोषित भए ।
खेलको वेष्ट बलर उज्जवल काफ्ले घोषित भए भने खेलको वेष्ट व्याटस्मेन अफ दि टुर्नामेन्टकोे उपाधि सुरज न्यौपानेले जित्न सफल भए ।
खेल अवधिभरको उत्कृष्ट खेलाडी सुरज न्यौपाने घोषित भए ।
विजेता टिम मेची बहुमुखी क्याम्पसले नगद रु.२५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए । उपविजेता टिम काँकरभिट्टा बहुमुखी क्याम्पसले नगद रु.१२ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
विजेताहरुलाई पुस्कार तथा प्रमाण पत्र काँकरभिट्टा बहुमुखी क्याम्पसका व्यावस्थापन संकाय प्रमुख दुर्गाबहादुर लुइटेल, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष सुजन प्रधान, एमिटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराईले वितरण गर्नुभएको थियो ।पुरस्कार वितरण समारोहमा नेपाली महिला टिमका राष्ट्रिय खेलाडीहरु काजल श्रेष्ठ, शवनम राई, अप्सरी बेगमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन स्मृति कटुवालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.