एनएसएल : ललितपुरद्वारा बुटवल पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं, वैशाख २३ । खेलको छैटौं मिनेटमा ललितपुर सिटी एफसीका नुरलान जाहिदले हेडद्वारा गरेको सुन्दर गोल नै निर्णायक सावित भएपछि जारी नेपाल सुपर लिग(एनएसएल)मा ललितपुर एफसी शीर्ष चौथो स्थानमा उक्लेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा ललितपुर एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस जीतको साथ ललितपुरको प्ले अफमा आशा जिवित राखेको छ । यसको लागि आजै हुने दोस्रो खेलको नतिजा पर्खनुपर्ने छ ।

आजको खेलमा उत्कृष्ट खेल खेले बापत ललितपुर एफसीका मिक्सेन तामाङले नगद १० हजार प्राप्त गर्दै “इमरजिङ प्लेयर अफ दि म्याच “घोषित भए । त्यसैगरी ललितपुरकै अञ्जन बिष्ट नगद २५ हजार प्राप्त गर्दै”सुपर प्लेयर अफ दि म्याच ” घोषित भए ।
आजै हुने दोस्रो खेलमा काठमाडौं रेजर्स् र विराटनगर सिटी एफसी बीच अपरान्ह ५:३० बजे काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दैछ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.