धरानलाई हराउँदै एपीएफ विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
९ साउन, मेचीनगर : एन्फा एकाडेमी धरान सुनसरी, झापाको काँकरभिट्टामा जारी ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ को प्रतियोगिताबाट बाहिरीएको छ ।

नकआउटका आधारमा खेलाईने प्रतियोगिताको आज भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको विभागिय टिम एपीएफ क्लब पकली सुनसरीसँग १ शुन्यले पराजित भएपछि धरानको बाकी खेलमा पूर्ण विराम लागेको हो । एपीएफको जीतमा श्याम मुर्मु नायक बने । मुर्मुको १ गोलको मद्धतले धरानमाथि एपीएफले जीत दर्ता गरेको थियो ।

खेलको मध्यान्तरसम्म गोल रहित बराबरी खेलेको धरानले ३५ मिनेट एपीएफलाई आफ्‌नो नियन्त्रणमा राख्न नसक्दा पराजित बनेको थियो । एपीएफका खेलाडीको तुलनामा होचो तथा उमेरका हिसावले पनि कम देखिने धरानका खेलाडीले मध्यान्तर अघिसम्म उपाधिको दाबेदार मानिएको एपीएफलाई निक्कै दवावमा राखेका थिए ।

खेलको ५५ औँ मिनेटमा उद्घाटन खेलको म्यान अफ दी म्याच समेत घोषित एपीएफका जर्सी नम्बर ११ का श्याम मुर्मुले मैदानको मध्य भागबाट सोझै पोस्टमा गरेको आक्रमक प्रहारलाई धरानका गोल रक्षक राजेश ओझाले बचाउँन नसक्दा एपीएफले गोल गर्ने सुन्दर अवसर प्राप्त गरे । अन्ततः त्यही गोलनै निर्णयक बन्यो र एपीएफका लागि सेमीफाइनलको यात्रा तय भयो । पहिलो जीतसँगै सोमबार काँकरभिट्टा युवा क्लब मेचीनगर र उर्लाबारी फुटबल क्लब मोरङबीच हुने खेलको विजयी टिमसँग एपीएफले पहिलो सेमीफाईनलमा भेट पक्का गरेको छ ।

एपीएफका लागि नायक बनेका मुर्मुलाई म्यान अफ दी म्याचको नगद राशी दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

भोलीको खेल बिर्तामोड युनाइटेड झापा र जर्जिएन फुटबल क्लब (जीएफसी ) कालेम्पोङ भारतबीच हुने आयोजक काँकरभिटट युवा क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले पानसमा दीप बालेर विधिवतरुपमा गरेकी थिईन् । क्लबकी सचिव रोजी तामाङले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा सहभागी सवैलाई विक्की मजुम्दारले शब्दमार्फत स्वागत गरेका थिए ।

झापाको मेचीनगर–६ स्थित खेल मैदानमा जारी ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ मा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगरले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी साउन १६ गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद नगद एक लाख एक हजार एक सय रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५१ हजार पाँच सय ५० रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने छ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर), सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) र सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै उदयमान खेलाडीलाई दुई हजार पाँच सय नगद रुपैयाँसहित सम्मान गरिने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक दिव्य ज्योति आई एण्ड इएनटी हस्पिटल रहेको छ भने सहप्रायोजक पशुपति बोर्डिङ स्कुल रहेको छ । मेचीनगर नगरपालिका वडा नं. ६ ले विशेष सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय प्रतिभावान युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै फुटबलप्रति युवाको आकर्षण बढाउनु, प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्नु र सीमावर्ती क्षेत्रको खेलकुद सम्बन्धलाई थप मजबुत बनाउनु रहेको क्लबका सचिव निमा वाङ्देल तामाङले बताए ।

भारतका क्लबहरूको सहभागिताले प्रतियोगिताको स्तर अझ उकासिने र स्थानीय खेलाडीले अन्तर्राष्ट्रिय अनुभव भएका टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने विश्वास आयोजकको रहेको क्लबका अध्यक्ष अनिल गुप्ताले बताए । प्रतियोगिताले झापासहित पूर्वी नेपालको फुटबल विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.