नेपाललाई वेस्ट इन्डिजले दियो ३४० रनको लक्ष्य

A notice in Nepali from Mechinagar Ward No. 10

७ असार : जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो।

वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलास पुरानले सतक बनाए। पुरानले एक सय १५ रन जोडे भने होप १ सय ३२ रनमा अविजित रहे।

उनीहरुले चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरेका थिए। उनिहरुले २८.३ ओभर खेल्दै उक्त साझेदारी गरेका हुन्। ९ रन जोड्दा २ विकेट गुमाएको वेस्ट इन्डिजले सुरुको १० ओभरमा केवल ३० रन मात्र जोडेको थियो।

नेपालका ललितनारायण राजबंशीले ३ तथा सन्दीप लामिछाने, करन केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। सन्दीपले १० ओभरमा एक मेडन राखेर ५० रन खर्चिए। करनले १० ओभरमा ८१ रन खर्चिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.