फीफा वरियतामा नेपाल १७५ औं स्थान,अर्जेन्टिना शीर्षमा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ– फिफा वरीयतामा नेपाल २ स्थान तल झरेकाे छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ७५ औँ स्थानमा छ ।
नेपाल यसअघि १ सय ७३ औँ स्थानमा थियाे । विश्वकप छनाेटअन्तर्गत खेलेका २ खेलमै पराजित भएका कारण नेपालकाे वरीयता खस्किएकाे हाे । नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत यूएई र यमनसँग खेलेकाे थियाे । नेपाल यूएईसँग ४–० र यमनसँग २–० गाेल अन्तरले पराजित भएकाे थियाे ।
फिफाकाे नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष स्थानमै छ । वरीयताकाे दाेस्राे स्थानमा फ्रान्स, तेस्राे स्थानमा इङ्ग्ल्यान्ड, चाैथाे स्थानमा बेल्जियम र पाँचाैँ स्थानमा ब्राजिल छन् । यसैगरी नेदरल्यान्ड्स, पाेर्चुगल, स्पेन, इटाली र क्राेएसिया शीर्ष १० मा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.