नेपाली महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा बेल्जियन प्याट्रिक डे वाइल्ड नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, जेठ २२: नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्ड नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार (आज) उनलाई महिला टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो।

एन्फाले गत वैशाख ८ गते प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि आवेदन माग गरेको थियो। उक्त आवेदनमा २१ वटा निवेदन परेकोमा २ जना सर्टलिस्टमा परेका प्रशिक्षकहरूमध्ये एन्फाले प्याट्रिक डे वाइल्डलाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

नवनियुक्त मुख्य प्रशिक्षक डे वाइल्डलाई एन्फाका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। उनी प्रमुख प्रशिक्षक रहँदा हालसम्म महिला टिमका प्रशिक्षक रहेका राजेन्द्र तामाङ सहायक प्रशिक्षकका रूपमा टिममा रहनेछन्।

६१ वर्षीय प्याट्रिक डे वाइल्डसँग अन्तर्राष्ट्रिय फुटबलमा लामो अनुभव छ। उनले यसअघि सोमालिया र रुवाण्डाका राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। नेपालमा पनि उनले नेपाल सुपर लिग टिम काठमाडौँ रेन्जर्सको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनको नियुक्तिले नेपाली महिला फुटबल टिमको प्रदर्शनमा थप सुधार आउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.