असोज १ गतेदेखि लामो दूरीका सवारी सञ्चालन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न दिने निर्णय सरकारले गरेको छ। भाडा भने ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए।

यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ। सवारी साधन सञ्चालन सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.