आन्तरिक हवाई दुर्घटनामा यात्रुको मृत्यु भए एक लाख डलर क्षतिपूर्ति

A notice in Nepali from Mechinagar Ward No. 10

६ माघ, काठमाडौँ : आन्तरिक वायुसेवाको बिमा तथा दायित्व सीमा निधारण गर्न गठन भएको समितिले १ लाख अमेरिकी डलर दिनुपर्ने सिफारिससहितको प्रतिवेदन बुझाएको छ । हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाअनुसार बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने प्रतिवेदन बुझाएका हुन् ।
समितिले तयार पारेको सो प्रतिवेदन मन्त्रालयले कानुन मन्त्रालयलमा रायको लागि पठाउने र त्यसपछि संसद्ले अनुमोदन भएपछि लागु हुने छ । यात्राको क्रममा यात्रुलाई चोटपटक लागेमा, अंगभंग वा मृत्यु भएमा, यात्राको क्रममा बोर्डिङ चेक गरेपछि वायुयान भित्र जाने क्रमका प्रक्रियाहरुमा वा यात्रा अवधिभर वायुयानभित्र रहँदा वा वायुयानबाट उत्रने क्रमका प्रक्रियाहरुमा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा वा मृत्यु हुन गएमा सम्बन्धित वायुसेवा सञ्चालक संस्थाले क्षतिपूर्तिबापत १ लाख अमेरिकी डलर व्यहोर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटनाबाट घाइते वा अंगभंग भएमा सम्बन्धित वायुसेवा सञ्चालक संस्थाले उचित उपचारको प्रबन्ध मिलाउनु पर्नेछ । मृतकको शव निजको परिवारलाई हस्तान्तरण गर्ने दायित्वका साथै उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च तथा मृत्यु संस्कारको लागि मनासिव रकम पेश्कीस्वरुप मृतकका परिवारलाई तत्काल उपलब्ध गराउने दायित्व पनि सम्बन्धित वायुसेवा सञ्चालक संस्थाको हुनेछ ।
कार्गो दायित्व सीमामा भने वायुसेवा सञ्चालन संस्थाले ढुवानीका लागि बुझिलिएका कार्गो कुनै किसिमबाट हराए वा हानी नोक्सानी भएको कारणबाट हुन गएको हानि नोक्सानीबापत त्यसरी हराएमा प्रति किलोग्राम २० अमेरिकी डलर भुक्तान गर्नुपर्ने उल्लेख गरिएको छ ।
वायुयानको दुर्घटना वा अन्य कुनै कारणबाट तेश्रो पक्षलाई हुन सक्ने हानी नोक्सानीको सम्बन्धमा वायुसेवा सञ्चालन संस्थाको दायित्वको हुने भनिएको छ । त्यसैगरी, १० हजार केजी वा सो भन्दा कम तौल भएको वायुयानको हकमा २५ मिलियन अमेरिकी डलर बराबरको रकम, १० हजार १ केजीदेखि ३५ हजार केजीसम्म तौल भएको वायुयानको हकमा ३५ मिलियन अमेरिकी डलर बराबरको रकम, ३५ हजार १ केजीदेखि माथि जतिसुकै तौल भएको वायुयानको हकमा ६० मिलियन अमेरिकी डलर बराबरको रकम दायित्व हुनेछ । यसैगरी व्यागेज लसबापत प्रति किलोग्राम २० डलर प्राप्त गर्न सिफारिस गरिएको छ ।
वार्सा महासन्धि अनुसार नेपालमा आन्तरिक उडानमा यात्रुको मृत्यु भएमा २० हजार अमेरिकी डलर प्राप्त गर्दै आएका थिए । अब भने १ लाख अमेरिकी डलर हुने गरी समितिले सिफारिस गरेको मन्त्रालयका सचिव न्यौपानेले बताए ।
करिब ५७ वर्षअघिको वार्सा कन्भेन्सन अनुसार टिकट भनेको यात्रु र वायुसेवा कम्पनीबीचकोे सम्झौता पत्र भएकाले गर्दा यदि यात्रु छुटेमा र यात्रुको सामान हराएमा वायुयान कम्पनीले क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ ।
समितिका संयोजक तथा सहसचिव लामिछानेले मस्यौदा यात्रु र वायुयान कम्पनी दुवै पक्षलाई लाभ हुने तयार गरिएको बताए । उनले भने, “यो मस्यौदा सवै प्रकृया पूरा गरी लागु भएपछि आन्तरिक यात्रुको संख्यामा वृद्धि हने र नेपाली हवाई क्षेत्रको विश्वसनीयता अन्तर्राष्ट्रिय जगतमा बढेर जाने छ ।” अन्तर्राष्ट्रिय उडानमा भने नेपाली हवाई यात्रुले २०७५ मंसिर २९ (सन् २०१८ डिसेम्बर १५ तारिख) देखि विदेशी हवाई यात्रुसरह हवाई बीमा रकम प्राप्त गरेका थिए । हवाई यात्रुको मृत्यु वा शारीरिक चोटपटक भएमा यात्रुका परिवारले बीमाबापत करिब १ लाख ६० हजार अमेरिकी डलर प्राप्त गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.